१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जनताको मुहारमा खुसी ल्याउने गरी काम गर्न मन्त्री राईको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१७:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले जनताको मुहारमा खुसी ल्याउने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति धनकुटाले मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीबीच गरेको अन्तक्र्रियामा मन्त्री राईले शनिबार यस्तो निर्देशन दिएका हुन् । 

कार्यक्रममा धनकुटा (क) र (ख) का प्रदेश सभा सदस्यद्वय निरन राई र इन्द्रमणि पराजुलीसहित सातवटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए । आमनागरिकसँग सबैभन्दा नजिकको सरकारको रूपमा स्थानीय पालिकाहरू रहेको भन्दै मन्त्री राईले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई जनताको मुहारमा खुसी ल्याउने गरी सेवा प्रदान गर्न राईले निर्देशन दिए । ‘जनतासँग सबैभन्दा नजिक तपाईंहरू हुनुहुन्छ । तपाईंहरूले विनाझन्झट राम्रोसँग काम गरिदिनुभयो भने जनता खुसी हुन्छन्,’ उनले भने, ‘सामान्य काममा जनताले झन्झट व्यहोर्नु नपरोस्, जनताको मुहारमा खुसी ल्याउने गरी जनमैत्री काम गर्नुहोस् ।’

धनकुटाका कतिपय स्थानमा राजनीतिक कारणले जनतालाई सरकारी सेवामा विभेद गरेको पाइएको भन्दै मन्त्री राईले राजनीतिभन्दा माथि उठेर जनताको सेवा गर्न जनप्रतिनिधिलाई आग्रह गरे । ‘राजनीतिक कारणले जनतालाई विभेद गर्नुभएन । तपाईंहरू चुनाव लड्दा दलको प्रतिनिधि भएर लड्नुभयो, चुनाव जितेपछि तपाईंहरू अब सबै जनताको प्रतिनिधि हो, जनतालाई राजनीतिक कारणले विभेद नगर्नुहोस्, सबैलाई समान व्यवहार गर्नुहोस,’ मन्त्री राईले भने । स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय गरेर अघि बढेमा छिट्टै जिल्लाको विकासले गति लिने भन्दै मन्त्री राईले अब जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्न आग्रह गरे । 

ad
ad