१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिँजाको भाडगाउँमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:o२:oo

जुम्लाको सिँजा गाउँपालिका – ६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ। 
सिटिइभिटीले स्वीकृत प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो।  

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्वारा सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेको छ। 

गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चिता सरकारले गर्ने गरी आंगिक शिक्षालयकै रूपमा सिँजाको भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

उनले भने, ‘भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुनेछ। त्यसका लागि भाडगाउँका स्थानीयले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनेछन्। सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुनेछ।’

गाउँपालिाकामा बहुप्राविधिक शिक्षालय स्थापनार्थ प्रक्रिया पूरा गर्नदेखि स्वीकृति ल्याउँदासम्म लामो संघर्ष गर्नुपरेको अध्यक्ष धितालको भनाइ छ। ५-६ महिनाअघिदेखि पहल थालिएको थियो। 

जग्गा निःशुल्क प्रदान हुने, समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने समस्या दर्शाएपछि स्वीकृत भएको अध्यक्ष धितालले बताए।

‘सरकारी लगानीमै सञ्चालन हुने गरी सिटिइभिटिले सिँजामा बहुप्राविधिक शिक्षालय खोल्न स्वीकृति दिएको हो। यो सिँजा क्षेत्रका नागरिकका लागि खुसीको कुरा हो,’ धितालले भने।

गाउँमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालय स्थापना हुने भएपछि सिँजा क्षेत्रका नागरिक उत्साही भएका छन्। स्वीकृत प्रदानसँगै शिक्षालय स्थापनाको प्रक्रिया अघि बढेको सिँजा गाउँपालिका जुम्लाले जनाएको छ।

 

 

ad
ad