Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ १२ बिहीबार १५:१०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङका सुन्तला बगैँचामा ‘ग्रिनिङ’ रोगको प्रकोप

Read Time : < 1 मिनेट
२०७९ माघ १२ बिहीबार १५:१०:००

लमजुङका सुन्तला बगैँचामा ‘ग्रिनिङ’ रोगको प्रकोप देखिएको छ । परीक्षणका क्रममा बेँसीसहर नगरपालिका– ११ चितीका तीनवटा सुन्तला बगैँचामा ‘ग्रिनिङ’ रोगको प्रकोप देखिएको हो ।

बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना संकलन गरी काठमाडौंको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । जसमध्ये तीनवटा बगैँचाको सुन्तलामा ‘ग्रिनिङ’ रोगको समस्या पुष्टि भएको ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

उनका अनुसार बेँसीसहर नगरपालिका वडा नम्बर १ उदीपुर र वडा नम्बर ११ चिती, मर्स्याङ्दी गाउँपालिका– ९ लामागाउँ र सुन्दरबजार नगरपालिका– १ कुन्छामा रहेको सुन्तला बगैँचाका नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

सुन्तलामा ‘ग्रिनिङ’ समस्या देखिएमा उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो हुने, छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने, बोटहरू सुक्दै जाने खतिवडाको भनाइ छ ।

लमजुङमा सुन्तला उत्पादन बर्सेनि घट्दै गएको छ । विगतमा ठूलो मात्रामा सुन्तला अन्यत्र निर्यात गर्ने लमजुङमा अहिले सिजनमै सुन्तला अन्य जिल्लाबाट आयात हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको  छ ।