१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी अन्टार्कटिका
२०७९ माघ ११ बुधबार ०७:३३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अनुसन्धानकर्ताले अन्टार्कटिकामा भेट्टाए पाँच ‘अन्तरिक्ष पिण्ड’

पृथ्वीमा यति ठूलो आकारमा उल्कापिण्ड फेला पर्नु दुर्लभ हो । युरेकअलर्टका अनुसार यहाँ फेला परेका करिब ४५ हजार उल्कापिण्डमध्ये अहिले पत्ता लागेको उल्कापिण्ड पहिले पाइएका सयवटा पिण्डबराबर ठूलो छ ।

Read Time : < 1 मिनेट
एजेन्सी, अन्टार्कटिका
२०७९ माघ ११ बुधबार ०७:३३:००

अन्टार्कटिका काम गर्नेका लागि एउटा कठोर ठाउँ हो । यो अत्यन्त चिसो, उजाड र सुनसान छ । तर, हिमाच्छादित यो श्वेत परिदृश्य उल्कापिण्डहरूको खोजीका लागि भने एक अद्भूत ठाउँ साबित भएको छ । अन्टार्कटिकाको हिम मरुभूमिबाट वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले पाँचवटा नयाँ ‘अन्तरिक्ष चट्टान’हरू फेला पारेका छन् ।

तीमध्ये एउटाको तौल झन्डै आठ किलोग्राम (१७ पाउन्ड) छ । पृथ्वीमा यति ठूलो आकारमा उल्कापिण्ड फेला पर्नु दुर्लभ हो । युरेकअलर्टका अनुसार यहाँ फेला परेका करिब ४५ हजार उल्कापिण्डमध्ये अहिले पत्ता लागेको उल्कापिण्डको पहिले पाइएका सयवटा पिण्डबराबर ठूलो छ ।

अभियानमा सहभागी फिल्ड म्युजियम एन्ड युनिभर्सिटी अफ सिकागोका अनुसन्धान वैज्ञानिक मारिया वाल्डेस भन्छिन्, ‘उल्कापिण्डको सन्दर्भमा  आकारले कुनै फरक पर्दैन । साना उल्कापिण्डरू पनि वैज्ञानिक रूपमा अविश्वसनीय रूपले मूल्यवान् हुन सक्छन् । तर, यति ठूलो उल्कापिण्ड फेला पर्नुचाहिँ पक्कै पनि दुर्लभ र रोचक विषय हो ।’ यो खोज अभियानमा चारजना अनुसन्धानकर्ता सहभागी थिए । अध्ययनमा युनिभर्सिटी लिब्रे डी ब्रकिल्सका भल्देस र भिन्सियन डिबेली, इटिएच–जुरिचकी मारिया स्होनब्याचलर र भ्रिजी युनिभर्सिटी ब्रसेलका रोगा माएडा सहभागी थिए । उनीहरूमध्ये भिन्सियनले अनुसन्धानको नेतृत्व गरेका थिए । 

उक्त टोली नयाँ उल्का क्षेत्रहरू पत्ता लगाउने पहिलो समूह थियो । यो क्षेत्रलाई स्याटेलाइट तस्बिर प्रयोग गरी नक्सांकन गरिएको छ । टोलीले फेला पारेको उल्कापिण्डलाई अब रोयल बेल्जियम इन्स्टिच्युट अफ नेचुरल साइन्सले विश्लेषण गर्नेछ । यसका अतिरिक्त चार अनुसन्धानकर्ताले यी उल्कापिण्डका अवशेषको अध्ययन गर्नेछन् । उल्कापिण्डको विश्लेषणले के प्रकट गर्छ भनेर हेर्न आफू उत्सुक रहेको भल्देस बताउँछिन् । उनी भन्छिन्, ‘उल्कापिण्डको अध्ययनले ब्रह्माण्डमा हाम्रो स्थानलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ । उल्कापिण्डको नमुना आकार जति ठूलो हुन्छ, हामी हाम्रो सौर्यमण्डललाई र हामी आफैँलाई पनि त्यति नै राम्रोसँग बुझ्न सक्छौँ ।’