१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ माघ ११ बुधबार ०७:१२:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०७९ माघ ११ बुधबार ०७:१२:००

हाँसको एक समूह समुद्रको किनार हुँदै कतै जाँदै थियो । त्यहीँ एक काग पनि उडिरहेको थियो । उसले हाँसहरूको उडानलाई हाँसोमा उडाउँदै भन्यो– तिमीहरू पखेटा फड्फडाएर अल्छीलाग्दो पारामा उड्नबाहेक के नै गर्न सक्छौ र ? मैले जसरी तिमीहरू हावामा कलाबाजी देखाउन सक्छौ ? सायद तिमीहरू त ठीकसँग उड्न पनि जान्दैनौ ।

कागको कुरा सुनेर एक वृद्ध हाँसले भन्यो– राम्ररी उड्न सक्नु खुसीको कुरा हो । तर, तिमीले घमन्डचाहिँ गर्न सुहाउँदैन । कागले भन्यो– म घमन्डसमन्ड केही जान्दिनँ । तिमीहरूमध्ये कोही मसँग उडान भर्न प्रतिस्पर्धा गर्न सक्छौ भने अगाडि आऊ । एक युवा हाँसले कागको चुनौती स्विका¥यो । 

प्रतियोगिता दुई चरणमा हुने भयो । पहिले कागले आफ्नो क्षमता देखाउने र हाँसले पनि त्यही गरेर देखाउनुपर्ने र दोस्रो चरणमा हाँसले देखाएको कला कागले गरेर देखाउनुपर्ने भयो । प्रतियोगिता सुरु भयो । कागले अनेक सुन्दर कलाबाजी देखाउन थाल्यो । हाँसले पनि उसले गरेजस्तो गर्ने कोसिस त गर्‍यो । तर, कागले जस्तो कलाबाजी देखाउन भने सकेन । त्यो देख्दा कागले उसलाई केही पनि आउँदैन भन्दै हाँसोमा उडायो । दोस्रो चरणको प्रतियोगिता सुरु भयो । हाँसले आफ्नो उडान सुरु ग¥यो । ऊ सीधै समुद्रतिर उड्न थाल्यो । काग पनि उसको पछि लाग्यो । कागले भन्यो– यसरी सीधा उड्नु पनि कुनै चुनौती हुन सक्छ, मूर्ख ? 

हाँस चुपचाप उडिरह्यो । उनीहरू जमिनबाट निकै टाढा समुद्रमाथि पुगे । अब बिस्तारै कागको बोली बन्द हुँदै गयो । ऊ निकै थाकिसकेको थियो । उसलाई हावामा अडिन मुस्किल हुन थाल्यो । ऊ पटक–पटक पानीको नजिक पुगिरहेको थियो । हाँसले कागको अवस्थाबारे चाल पाइसकेको थियो । तैपनि, उसले थाहा नपाएझैँ भन्यो– मित्र काग, तिमी किन बारम्बार पानीतिर गइरहेका छौ ? के यो पनि तिम्रो कुनै कला नै हो ? 

कागले लाचार भई भन्यो– होइन मित्र, मलाई माफ गरिदेऊ, म बेस्सरी थाकिसकेँ । यदि तिमीले मेरो मद्दत गरेनौ भने म यहीँ मर्छु । कृपया मलाई बचाऊ । हाँसलाई कागमाथि दया पलायो । कागले घमन्डको परिणाम भोगिसकेको थियो । त्यसैले, उसलाई ढाडमा बसाएर हाँस समुद्रको किनारतिर फर्कियो ।