१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ माघ १० मंगलबार १७:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

'म्याच फिक्सिङ'मा दुई खेलाडी र चार बिचौलियासहित १० जनाको संलग्नता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १७:२९:oo

नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागी टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीले प्रतियोगितामा सहभागिता टोलीमध्येका चार टिम काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका व्यवस्थापककै संलग्नता रहेको जनाएको हो। 

साथै, फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सिआइबीले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै सिआइबीका कार्यबाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन गरेको तथा दुई खेलाडी र चार बिचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिए। 

गृह मन्त्रालयको निर्देशनपछि थालेको अनुसन्धानमा खेलाडीलाई ६ देखि १० लाख रुपैयाँसम्मको प्रस्ताव गरिएको सिआइबीले जनाएको छ। 

फिक्सिङका लागि उनीहरूलाई प्रत्यक्ष तथा अन्य सामाजिक सञ्जाल र फोन, सन्देशबाट अप्रत्यक्ष रूपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो। यस्तै, सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भूमिकासमेत शंकास्पद रहेको जनाएको छ।

पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्वीकार गरेपछि नेपाल टी–२० लिगको विवाद र फिक्सिङ प्रकरण बाहिरिएको थियो। 
सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरूले यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको जनाएका थिए।

स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिल अन्सारीलाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो। जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरिएको उनको भनाइ छ। अन्य फिक्सिङमा संलग्न नाम भने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन।

कार्यबाहक प्रवक्ता थापाले अनुसन्धानको काम भइरहेको अवस्थामा कसुर ठहरिएमा पक्राउ गर्न कठिन हुने भन्दै अन्यको नाम सर्वाजनिक नगरेको बताए। साथै, यसमा नेपाल क्रिकेट संघ (क्यान) को कुनै संलग्नता नभएको सिआइबीले जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ। संहिताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ। त्यस्तै,  फिक्सिङमा लेनदेन भएको रकम सबै जफत हुने कानुनी व्यवस्था छ।