Skip This
झादम्पती हत्या प्रकरण : फरार एक आरोपी पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका महोत्तरी
२o७९ माघ ९ सोमबार o७:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

झादम्पती हत्या प्रकरण : फरार एक आरोपी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार o७:२९:oo

 झादम्पती हत्या प्रकरणमा फरार रहेका एक आरोपी पक्राउ परेका छन् । झन्डै दुई वर्षअघि पिपरा गाउँपालिका– ५ सहोडवानिवासी मुसाफिर झा र उनका श्रीमती गीतादेवीको हत्या आरोपमा फरार रहेका ७३ वर्षीय तेजनारायण झा पक्राउ परेका हुन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिकास्थित नेपाल–भारत सीमानाकाबाट पक्राउ गरेको हो । 

भारतको गुवाहाटीमा पुजारीको काम गर्दै गरेका तेजनारायणलाई विशेष सुराकीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए । झादम्पतीको हत्या गरे पनि सुरुमा आफूलाई केही जानकारी नभएको बताए पनि रहस्य खुल्ने डरले उनी भारत भागेका थिए ।

११ फागुन ०७७ मा ७३ वर्षीय मुसाफिर झा र ६६ वर्षीया गीतादेवी झालाई कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव, हरेन्द्र ठाकुर, तेजनारायण झा, तारादेवी झा, विकास भन्ने बब्लुकुमार झासमेतले अपहरण गरी शरीर बन्धक बनाई बेपत्ता पारी हत्या गरेको भन्दै छोरा मनीष झाले प्रहरीमा उजुरी दिएका थिए । झादम्पतीको शव प्रहरीले १२ चैतमा घटनाको झन्डै एक महिनापछि पिपरा गाउँपालिका– २ स्थित मटिहानी जाने सडकमा गाडेको अवस्थामा फेला पारेको थियो । 

शव फेला पारेलगत्तै तेजनारायणकै घरबाट शवसँगै घरबाट हराएको अन्य सामग्री तथा शव राखिएको कन्टेनर प्रहरीले बरामद गरेको थियो । तेजनारायणका छोरा कैलाश झा हत्याका मुख्य अभियुक्त हुन् । हरेन्द्र ठाकुरलाई हत्याको मुख्य अभियुक्त बनाइएको छ । अदालतले हत्याका मुख्य आरोपीहरू कैलाश झा र भारतीय नागरिक हरेन्द्र ठाकुर र मृतककै छिमेकी रामबाबु यादवलाई पुर्पक्षका लागि थुनामा राखेको छ ।