१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ७ शनिबार १९:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताको अधिकार स्थापित गराउन प्रतिबद्ध रहन्छु : उपसभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १९:२१:oo

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदार साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गरेकी हुन्। 

विपक्ष दलका सांसदहरूले समेत उठाएका विषयलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने उनले बताइन्। उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताए। 

नेपाली जनताको हक, अधिकारलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो। उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढनेसमेत बताइन्। 

‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमानदार भएर निभाउनेछु। गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरूलाई उठाएका इस्युलाई एकदम इमानसाथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्यादित र सुसंस्कृत गर्ने काम हुन्छ। उपसभामुखले धेरै काम गर्नुपर्नेजस्तो लागेको छ। आमजनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु। तटस्थ र इमानदारपूर्वक सबैको पक्षमा बोल्नेछु।’