मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ ५ बिहीबार १४:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रीद्वय लामिछाने र पाण्डेमाथि प्रश्न उठाउँदै चित्रबहादुरले भने– मुलुक संकटमा छ

Read Time : < 1 मिनेट
२०७९ माघ ५ बिहीबार १४:४९:००

राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले सरकार र सत्तारूढ दलहरूको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको बताएका छन् । उनले गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेको नामै लिएर उनीहरूको रेकर्डले पनि मुलुक संकटमा पर्ने अवस्था आएको प्रस्ट भएको जिकिर गरे ।

‘सरकार बन्नुभन्दा पहिले ठूलाठूला कुरा गरेका साथीहरू सरकार बनेपछि कस–कसको कस्तो, कस्तो रेकर्ड आएको छ हेर्नुहोस् त । गृहमन्त्रीको के छ रेकर्ड ? सहरी विकासमन्त्रीको के छ रेकर्ड ? विभिन्न मन्त्रीहरूको हेर्नुस् त रेकर्ड के–के छन् ? कसरी आइराखेको छ । त्यसो हुनाले अहिले मुलुक एउटा अप्ठ्यारो संकटमा छ,’ केसीले भने ।

नेता केसीले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्नसमेत गरे । बैठकमा उनले सभामुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने बताएका थिए ।