१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस मकवानपुर
२o८१ बैशाख ३१ सोमबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मकवानपुरगढीले तोक्यो कोदो र फापरको न्यूनतम मूल्य

Read Time : < 1 मिनेट
रासस, मकवानपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:३३:oo

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु. ४५ र  फापरको प्रतिकेजी रु. ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा लागेकाले किसानले पनि रैथाने बालीको उत्पादनमा जोड दिएको जनाएको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवाखाजाका रूपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथाने बालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिनेछ ।

गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनामा काम भइरहेको बताए ।

ad
ad