१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पूर्वसचिव आचार्यको पुस्तक ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

पूर्वसचिव रामकुमार आचार्यले ‘नेपालमा भ्रष्टाचारः कारण र निवारण’ शीर्षकको पुस्तक सार्वजनिक गरेका छन्। ३२ वर्ष लामो अवधि निजामती सेवामा रहेका उनले त्यसको अनुभव र अध्ययनसमेतका आधारमा पुस्तक तयार गरेका हुन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलगायतले गत शुक्रबार पुस्तकको संयुक्त विमोचन गरेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार वर्ष महाशाखा प्रमुखसमेत रहेका आचार्यले नेपालमा हुने भ्रष्टाचारका १६ वटा कारणलाई समस्याका रूपमा प्रस्तुत गरेर ती प्रत्येकको समाधानसहित निवारणका उपाय पुस्तकमार्फत सुझाएका छन्। 

‘नेपाली भाषामा सैद्धान्तिक पृष्ठभूमिसहित नेपालको मौलिक अवस्थालाई केलाएर यहाँको भ्रष्टाचारको कारण र निवारणका ठोस उपाय प्रस्ताव गरेर लेखिएको पुस्तकको भने नितान्त अभाव छ,’ उनी भन्छन्, ‘यही अभावलाई पूर्ति गर्न यो पुस्तक लेखेको हुँ।’

नेपालको भ्रष्टाचारको स्तर प्रणालीगत भएकाले त्यसको निवारण कठिन भएको उनको ठहर छ। ‘नेपालको सन्दर्भमा पुस्तकले यहाँ विद्यमान आशावादी परिवेशमा उभिएर क्रमभंग तरिका अपनाउन सके भ्रष्टाचार निवारण गर्न सकिन्छ भन्ने पुस्तकको निष्कर्ष हो,’ उनी भन्छन्। 

नेपालमा भ्रष्टाचारविरुद्धको जनचेतनामा वृद्धि भएको पाइए पनि राजनीतिक दलको मूल नेतृत्वमा भ्रष्ट तत्वलाई संरक्षण गर्ने प्रवृत्तिमा कमी नआएको प्रस्ट देखिएको लेखक आचार्य बताउँछन्। जनताको चेतनास्तर पनि भ्रष्टाचारीलाई हराएर दण्डित गर्नेसम्मको निर्णायकस्तरमा पुग्न नसकेको उनको ठहर छ।