
डोल्पाको ठुलिभेरी नगरपालिकाको थाक्चु खोलामा एक युवाको शव भेटिएको छ । नगरपालिकाको वडा नं १० बस्ने २८ वर्षीय नरेश विकको शव भेटिएको हो ।
मृतक विक घरदेखि ४५ मिनेटको दुरीमा रहेको थाक्चु खोलामा घोप्टो अवस्थामा मृत फेला परेका र निधारमा सानो चोट देखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन चापागाईंले जानकारी दिए । घटना दुई दिनअघिको भएपनि प्रहरीलाई बिहीबारमात्र जानकारी प्राप्त भएको उनले बताए ।
बिहीबार जिल्ला अस्पताल पु¥याइएको शव शुक्रबारमात्र पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम भएपनि रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका आफन्तका अनुसार विक घाँस बेचेको पैसा उठाउन बिहानै घरबाट निस्किएका थिए । लामो समयसम्म नफर्केपछि खोजी गर्दा शव भेटिएको थियो ।