१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Sunday, 11 May, 2025
रासस लस एन्जलस
२o७९ पौष २८ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आँधीका कारण अमेरिकामा १७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, लस एन्जलस
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १२:२२:oo

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार गत मंगलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताइएको छ।

अमेरिकाको सबैभन्दा बढी जनसंख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरूमा पनि क्षति पुगेको बताइएको छ। आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरूले जानकारी दिएका छन्। यहाँका मौसमसम्बन्धी अधिकारीहरूले आँधीका कारण केही वर्षयताकै ठूलो क्षति भएको जनाएका छन्।

उनीहरूले सडक भत्किएका र यहाँका बिजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरूमा क्षति पुगेको छ। मौसम पूर्वानुमान शाखाका अधिकारीहरूले आँधीको सम्भावना रहेकाले बुधबार पनि घरबाहिर ननिस्कन सर्वसाधारणहरूलाई सूचना जारी गरेका छन्।

यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन्। यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ। सो क्षेत्रका हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ। तर, आँधी निरन्तर रहेकाले उनीहरूको उद्धारमा पनि कठिनाइ उत्पन्न भएको बताइएको छ।

सो राज्यमा संकटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ। आँधी अरू केही दिनसम्म रहन सक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ।यहाँ चिसो मौसममा पनि यस्तो आँधी आउने गर्दछ। सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण कम्तीमा पनि २३ जनाको ज्यान गएको थियो।