१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दुई बैंक मर्ज भएर 'नेपाल इन्भेस्टमेन्ट मेगा बैंक', आजबाट संयुक्त कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:५४:oo

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रूपमा एकीकृत कारोबार सुरु गरेका छन्। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ। 

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। 

दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० रहेको छ। मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साबिक नेपाल इन्भेस्टमेन्ट बैंककै अध्यक्ष पृथ्बीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनेछन्। 

नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकहरूको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेस्टमेन्ट बैंकको तर्फबाट श्री प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे छन्। 

त्यसैगरी, साबिक नेपाल इन्भेस्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकको रूपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने बैंकले जनाएको छ। 

मर्जरपश्चात बैंकको कुल चुक्ता पुँजी रु. ३४.१२ अर्ब, कुल पुँजी रु. ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु. ४ खर्ब ७१ अर्ब, त्यसैगरी, कुल निक्षेप रु. ३६०.२ अर्ब तथा कर्जा लगानी रु. ३२९.०६ अर्ब गरी कुल ३० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकमध्येको एक अग्रणी बैंक बनेको छ।  

मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्स्टेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ। 
 

ad
ad