Skip This
रिडीपावरका अध्यक्ष न्यौपानेलाई कारबाही 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष २७ बुधबार o६:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिडीपावरका अध्यक्ष न्यौपानेलाई कारबाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार o६:४४:oo

नेपाल धितोपत्र बोर्डले रिडीपावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत काम गरेको भन्दै कारबाही गरेको छ ।

बोर्डले न्यौपानेलाई ७५ हजार जरिवानासहित १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको अध्यक्ष वा सञ्चालक हुन नपाउने गरी कारबाही गरेको हो । नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन र नियमको पालना गराउने सिलसिलामा त्यसको उल्लंघन गर्नेहरूलाई कारबाही गरिएको अध्यक्ष रमेश हमालले जानकारी दिए । 

बोर्डले नियमअनुसार काम गर्ने तीनवटा सेक्युरिटिज कम्पनीलाई समेत कारबाही गरेको हमालले जानकारी दिए । सनी रेक्युरिटिज र यम्पेरियल सेक्युरिटिजलाई समयमा प्रतिवेदन पेस नगरेको भन्दै १०–१० हजार जरिवाना गरिएको छ । त्यस्तै, त्रिशूल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

बोर्डले केयर रेटिङ नेपाललाई क्रेडिट रेटिङ नियमावली, २०६८ उल्लघंन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।