Skip This
फरार सांसद महतोले गृहमन्त्रीकै अगाडि गरे मतदान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
कमलराज भट्ट काठमाडौं
Invalid date format १८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फरार सांसद महतोले गृहमन्त्रीकै अगाडि गरे मतदान

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३४:oo

फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री रवि लामिछानेकै अगाडि मतदानमा भाग लिएका छन्। 

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको मतदानमा महतोले पनि भाग लिए। 

प्रस्तावको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए। गृहमन्त्री लामिछाने पनि प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए। 

पुस्तिकामा वर्णानुक्रमअनुसार नामावली राखिएको थियो। वर्णानुक्रममा गृहमन्त्री लामिछाने र फरार सूचीका महतोको नाम सँगसँगै थियो।

यसअघि प्रहरीले संसद् सचिवालयलाई महतो सम्पर्कमा आए खबर गर्न पत्र पठाएको थियो। तर, गृहमन्त्रीकै सामुन्नेमा उभिँदा पनि महतो पक्राउ परेनन्। 

महतो सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन्। मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग उनीमाथि छ। उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि फरार छन्।