१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारमा उछाल, नेप्सेले नाघ्याे २२ सय बिन्दु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:५३:oo

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। 

सोमबार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट न्डेक्स ३.०४ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका दुई सय ५७ कम्पनीको एक करोड ४६ लाख ७६ हजार कित्ता सेयर पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। नेप्से बढे पनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्बको सेयर खरिद–बिक्री भएको थियो। 

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढी बढेको छ। बाँकी अन्य  उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ।

सोमबार नेप्से बढेसँगै ११ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन्। 

तर, यता स्वाभिमान लघुवित्तको सेयर मूल्य भने ३.५७ प्रतिशत घटेको छ। आज रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

ad
ad