Skip This
यो सरकार ढाल्न देउवाले अधिकतम प्रयास गरिरहेका छन् : ओली 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २३ शनिबार १५:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यो सरकार ढाल्न देउवाले अधिकतम प्रयास गरिरहेका छन् : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १५:१४:oo

सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। 

नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरूलाई उनले सचेत गराएका हुन्। 

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरूको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको उनले दोहोर्याए। 

ओलीले यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढतासमेत व्यक्त गरे।

उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे। वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले का‌ंग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उनको तर्क थियो।