१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वामदेव भन्छन्– भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको शासन प्रणाली नै गलत रहेको भन्दै उनले संसदबाट प्रधानमन्त्री चुनिएसम्म भ्रष्टाचार निर्मूल नहुने तर्क गरे। ‘हाम्रोमा शासन प्रणाली नै गलत छ। संसदबाट मन्त्री–प्रधानमन्त्री पठाउँदासम्म भ्रष्टाचार निर्मूल हुँदैन। जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘जमिन पनि व्यक्तिको नाममा गर्ने होइन लिजमा दिने व्यवस्था गर्नुपर्छ। यति गरियो भने आधा भ्रष्टाचार समाप्त हुन्छ।’ 

चीनमा वार्षिक १० हजार भ्रष्टाचारी कारबाहीमा पर्ने गरेका विषय उल्लेख गर्दै सांसद गौतमले एकतन्त्रीय शासन हुँदैमा भ्रष्टाचार नरोकिने प्रस्ट पारे। एउटा व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उनले नेपालको संविधान र कानुन संशोधन गर्न आवश्यक रहेको बताए। ‘हाम्रो कानुन र संविधानमा प्रश्न उठेको छ, संशोधन गर्नुपर्छ। यो मलाई अति जरुरी लागेको छ,’ गौतमले भने।