Skip This
काभ्रेमा बालविवाह रोक्न विद्यालयहरूमा नाटक प्रदर्शन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

काभ्रेमा बालविवाह रोक्न विद्यालयहरूमा नाटक प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

बालविवाह रोक्ने सन्देशसहित काभ्रेको खानीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा  नाटक प्रदर्शन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजना र सहकार्यमा आदि–इत्यादि संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतनामूलक सडकनाटक ‘जुनकिरी’ गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा प्रदर्शन गरिएको हो।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकाभित्रका आठ सामुदायिक माध्यमिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको बताए। समाजमा हुने बालविवाह न्यूनीकरण गर्न र सामाजिक विकासलाई तीव्र रूपमा अघि बढाउने उद्देश्यले माध्यमिक तहका विद्यार्थीमार्फत समाजमा प्रभावकारी सन्देश जाने हुँदा विद्यालयमा नाटक देखाएको उनले प्रस्ट पारे।

गाउँपालिकाका उपाध्यक्ष दोर्जमान जिम्बाले बालबालिकाको उज्यालो भविष्यका लागि अभिभावक जिम्मेवार हुन नसकेको बताए। नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पार्ने असरलाई देखाउँदै यसको न्यूनीकरणका उपायहरू प्रस्तुत गरिएको उनले बताए।

बालविवाहलाई मुख्य केन्द्रमा राखेर निर्माण गरिएको करिब ४५ मिनेटको नाटकमा अभिभावक कुलतमा लाग्दा र छोराछोरीको पढाइमा ध्यान नदिँदा उनीहरूमा कस्तो मनावैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुलाई समेत उजागर गर्न खोजिएको छ। नाटकमा परिवारभित्रको कलहको कारण बालबालिकाको शिक्षा र जीवनमा पर्ने असरलाई देखाइएको छ।

गाउँपालिकाभित्रको ज्योति मावि, बालविकास मावि, शारदा मावि, जनहित मावि, बुद्ध मावि, भृकुटी मावि, कुमारी मावि र जनविकास उच्च माविमा नाटक प्रदर्शन गरिएको हो। पुरु लम्सालद्वारा लिखित तथा निर्देशित नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दिवाकर घिमिरे, शान्ति भट्टराई, दीपमाला परियार, तिर्सना राई र रविन दोङले अभिनय गरेका थिए। नाटक पुस १७ गतेदेखि २१ गतेसम्म प्रदर्शन गरिएको थियो।