Skip This
स्ववियु चुनाव ५ चैतमा गर्न विद्यार्थी कल्याण परिषद्को सिफारिस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्ववियु चुनाव ५ चैतमा गर्न विद्यार्थी कल्याण परिषद्को सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषद्ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी ५ चैतमा गर्ने निर्णय गरेको छ।

बिहीबार बसको परिषद् बैठकले निर्णय गरी त्रिवि कार्यकारी परिषदमा आजै पठाउन लागेको विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीले बताए। कार्यकारी परिषद्ले निर्णय गरेपछि स्ववियु चुनावको प्रक्रिया सुरु हुनेछ।

विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्ववियु चुनावमा होमिन तयार रहेको सन्देश दिएका छन्। विद्यार्थी संगठनहरूले आफ्ना केही असहमति रहे पनि यसपटक अहिलेकै व्यवस्थाअनुसार जुनसुकै हालतमा स्ववियु चुनाव गर्नुपर्ने पक्षमा रहेको सामूहिक छलफलमा प्रतिबद्धता जनाइसकेका छन्।

पछिल्लोपटक ०६५ सालमा प्रायः सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा समेत स्ववियु चुनाव भएको थियो। ०७३ सालमा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु निर्वाचन हुन सकेको थिएन।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार ०७३ सालमा उपत्यकाभित्रका नाैवटा आंगिक क्याम्पसमा मात्र स्ववियु चुनाव भएको थियो। त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन सकेन।