मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष २१ बिहीबार १०:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकले चिडियाखानामा रहेको रातो हाब्रेलाई एक वर्ष आहारा खुवाउने

Read Time : < 1 मिनेट
२०७९ पौष २१ बिहीबार १०:५४:००

प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रातो हाब्रे (रेडपान्डा)लाई एक वर्षका लागि आहारा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सदर चिडियाखानाकी प्रमुख रचना शाहले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुईवटा रातो हाब्रेका लागि एक वर्षसम्म आहारा उपलब्ध गराउने जनाइएको छ ।

सदर चिडियाखानाद्वारा सञ्चालित ‘एडप्ट एन एनिमल’ अभियानअन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रेजस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।