१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्ड-ओलीबीच विश्वासको मत र सरकारलाई पूर्णता दिनेबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:४५:oo

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति तथा कार्यक्रम बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रचण्डको नेतृत्वमा सरकार गठन भएलगत्तै नीति तथा कार्यक्रम तयार पार्न एमाले अध्यक्ष ओलीको संयोजक रहेको समिति बनाइएको थियो। सो समितिले सरकारलाई समर्थन गरेका दलहरूका प्राथमिकता माग गरी नीति तथा कार्यक्रमको तयारी गरिरहेको छ। 

आजको भेटमा २६ पुसमा लिइने विश्वासको मतका विषयमा पनि छलफल भएको बताइएको छ। विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने तयारीमा रहेका प्रमुख दुई दल एमाले र माओवादीका शीर्ष नेताबीचको आजको छलफलमा सरकारमा आउन बाँकी रहेका दलहरूलाई कसरी समेट्ने भन्नेबारे पनि कुराकानी भएको छ।

संविधानको धारा ७६ (२) अनुसार १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन्।

ad
ad