१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी-पत्रमा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:२९:oo

नबिल बैंक र मिडास एजुकेसन प्रालिबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिनेछ। 

बैंकले यस समझदारी-पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्ममार्फत शिक्षणसिकाई क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ। 

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्युटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तर्क्रियात्मक रूपमा विकास गरेका हुन्छन्।
 

ad
ad