मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Monday, 14 July, 2025
२o७९ पौष १८ सोमबार ११:५५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको पहिलो बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार ११:५५:oo

कर्णाली प्रदेश सभाको बैठक आज सोमबार बस्न लागेको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो।

पुस १३ गते प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको बैठक पुस १८ गतेका लागि बोलाएका थिए। प्रदेश सभाको बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए।

प्रदेश सभाको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तथा दलीय धारणा राख्ने कार्यतालिका रहेको छ। कर्णाली प्रदेश सभामा सभामुख–उपसभामुख चयन नहुञ्जेलसम्मका लागि ज्येष्ठ सदस्य एमाले सांसद विनोदकुमार शाहले बैठकको अध्यक्षता गर्नेछन्।