१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:५७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्री कालमा भाषण कम, काम धेरै गर्ने बताएका छन्। 

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोह (स्थापनाको ६० वर्ष) को समापन कार्यक्रममा सम्बोधन गर्दै भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेका हुन्। 

‘म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने महिले प्रतिज्ञा गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने। 

बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको भन्दै प्रचण्डले हरेक दिन देश र जनताको पक्षमा काम गर्दै नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्रीको शपथग्रहण गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट नै देशलाई आर्थिक संकटबाट पार लगाउनुपर्ने, सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई ख्याल गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने निर्णय गरेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘जनतालाई पिर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु।’

देशभरका जनतालाई सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न एकजुट हुन उनले अपिलसमेत गरेका थिए। प्रधानमन्त्रीले देशको विकासको मुख्य पक्ष नै शिक्षा रहेको भन्दै शिक्षाको गुणस्तरले नै अनुशासित र सभ्य समाज बनाउन सकिनेमा जोड दिएका प्रचण्डले विकासलाई दिगो बनाउँदै युगको आवश्यकताअनुसार आफूलाई रूपान्तरित गर्न शिक्षा अति आवश्यक भएको बताए। प्रचण्डले भने, ‘शिक्षाको गुणस्तरले नै राष्ट्रको र समाजको आममानिसको जीवन पद्धति निर्धारित गर्ने गर्दछ।’

ad
ad