१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:५३:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा गत प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका विषयमा छलफल हुने बताइएको छ। साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ।

संघीय सरकारलाई समर्थन गरेपनि पार्टी सरकारमा सहभागी भएको छैन। तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। पुस १८ र १९ गतेका लागि जसपाले राजनीतिक समितिको बैठक बोलाएको छ।

ad
ad