१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई एकै दिन भारतीय र चिनियाँ प्रधानमन्त्रीको बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

छिमेकी भारत र चीनका प्रधानमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई चिठी पठाउँदै नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।

शुक्रबार एकै दिन सुरुमा भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनियाँ कार्यबाहक राजदूत वाङ जिनले आफ्ना सरकार प्रमुखरूले प्रधानमन्त्री प्रचण्डका नाममा पठाएको चिठी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भारतीय प्रधानमन्त्री मोदीको चिठी लिएर राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए।

मोदीले प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई ट्विटरमार्फत बधाई दिएका थिए भने भारतीय विदेशसचिव विनयमोहन क्वात्राले टेलिफोनमा बधाई दिएका थिए। भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्रीलाई शपथग्रहणका दिन फोनबाट बधाई दिएका थिए। बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताएका थिए।

प्रचण्ड प्रधानमन्त्री भएपछि सुरुमा चिनियाँ राजदूतावासका प्रवक्ताको ट्विटर ह्यान्डलबाट बधाई सन्देश आएको थियो। त्यसपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिँदै नेपालको स्थायित्व र उन्नतिका लागि चीन सरकार मिलेर काम गर्न इच्छुक रहेको बताए। चिनियाँ प्रधानमन्त्री ली खछियाङले लेखेको चिठीमा बिआरआईअन्तर्गत नेपालको नयाँ सरकारसँग चीनले सहकार्य गर्ने उल्लेख गरेको कूटनीतिक स्रोतले बताएको छ।