Skip This
चुनावमा अन्तर्घात गर्नेको विवरण पठाउन कांग्रेसले थप्यो समयावधि
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १४ बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावमा अन्तर्घात गर्नेको विवरण पठाउन कांग्रेसले थप्यो समयावधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १६:५८:oo

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउने समयावधि थप गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले बिहीबार एक सूचना जारी गर्दै एक महिना समय थप गरेको हो।

यसअघि प्रदेश एवं जिल्ला अनुशासन समितिको निर्णयसहित पुस १५ सम्म अन्तर्घात गर्नेको विवरण पठाउन भनिएको थियो। ‘...सो म्याद थप गर्नुपर्ने भनी सिफारिस प्राप्त हुन आएकाले उक्त समयावधि २०७९ माघ १५ गतेसम्मका लागि बढाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।