१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Sunday, 01 June, 2025
२o७९ पौष १४ बिहीबार १३:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १३:२४:oo

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ (जेएन) थपलिया सर्वसम्मत चयन भएका छन्। बिहीबार हेटौँडा– १० स्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

चितवन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित थपलिया एमालेको केन्द्रीय सदस्य पनि हुन्। उनी यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारसमेत रहेका थिए। केन्द्रमा फेरिएको राजनीतिक गठबन्धनसँगै बागमती प्रदेशमा एमालेको दलको नेतालाई महत्वका साथ हेरिएको छ।

नयाँ सत्तासमीकरणले एमालेलाई राजनीतिको केन्द्रमा ल्याइपुर्‍याउँदा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावना छ। एमालेले मुख्यमन्त्री पाए थपलिया बागमती प्रदेशको भावी मुख्यमन्त्री हुनेछन्।