Skip This
अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o७९ पौष १२ मंगलबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १५:४८:oo

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको जानकारी दिए।

मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने बताए। ‘महासंघ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ। यति बिहानै भेटघाटका लागि आउनुभयो। त्यही विषयमा तपाईंहरू चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनुभएको छ। सरकारले यसलाई गम्भीर रूपमा लिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार–विमर्श भएको महासंघको भनाइ छ। महासंघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगाे निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिँदै अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे।

महासंघका अध्यक्ष गोल्छाले प्रधानमन्त्री आफैँ पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाबारे जानकार रहेकाले यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराएका थिए।

उनले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालू पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिए।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिंगाे ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो।