मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Monday, 10 August, 2026
रासस सियोल
२o७९ पौष १२ मंगलबार १३:२८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

Read Time : < 1 मिनेट
रासस, सियोल
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १३:२८:oo

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्वसरकारी अधिकारीको जेल सजाय मिनाहा गरिएको छ। 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायलाई ‘विशेष माफी’ दिएका हुन्। सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा घुसखोरी र अनियमितता  गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो।

बुधबारदेखि लागू हुने गरी जेलजीवनलाई ‘विशेष मिनाहा’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ। गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रोपटक पूर्वसरकारी अधिकारीहरूलाई क्षमादान दिएका हुन्।