
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक समूह चरणमा जितेर हारेको कांग्रेस आगामी पाँच वर्षपछि डिफेन्डिङ च्याम्पियन बन्ने बताएका छन् । यसपटक आफूहरू जितेर पनि हारेर आएको उनको भनाइ थियो ।
‘अस्ति वर्ल्डकपमा सबैभन्दा धेरै गोल एम्बाप्पेले गरे, तर कप भने अर्केले जित्यो । यसपटकको निर्वाचनमा सबैभन्दा धेरै गोल हामीले गर्यौँ, तर पनि कप अर्कोले जित्यो । अबको पाँच वर्षपछि हामी डिफेन्डिङ च्याम्पियनलाई हराउँछौँ र च्याम्पियन बन्छौँ,’ शर्माले भने ।
हाल सिर्जना भएको राजनीतिक घटनाक्रमलाई कांग्रेसले गहिरो विश्लेषण गरी आउँदा दिनका लागि थप यात्रा तय गर्ने उनले बताए । शर्माले आइतबारको घटना कांग्रेसका लागि एउटा टर्निङ प्वाइन्ट रहेको बताए ।
निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले नेपालको निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने उनले टिप्पणी गरे । समूह चरणमा कांग्रेसले जुन अंक पाएको छ, त्यो सुरक्षित नै रहेको शर्माले बताए ।