मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ११ सोमबार ०८:३५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सेमिफाइनलमा बंगलादेशसँग पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ११ सोमबार ०८:३५:००

काभा यू–२३ पुरुष भलिबल सेमिफाइलनमा बंगलादेशसँग पराजित नेपालले आज श्रीलंकासँग कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दै छ । 

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपाल आयोजक टोलीसँग खराब प्रदर्शन गर्दा फाइनल पुग्नबाट वञ्चित भयो । नेपालले कुनै पनि समय बंगलादेशमाथि दबाब सिर्जना गर्न सकेन । 

बंगलादेशले पहिलो सेट २५–१५ ले सहजै जित्यो । दोस्रो सेटमा फर्कने प्रयास गरेको नेपालले २५–२२ ले सेट गुमाउन पुग्यो । तेस्रो सेटमा पनि खराब प्रदर्शन गरेपछि नेपाल २५–१३ ले हारेको थियो । अब नेपालले तेस्रो स्थानका लागि सोमबार श्रीलंकासँग खेल्नेछ । यस खेलको विजेताले कांस्य पदक प्राप्त गर्नेछ । यसैगरी, स्वर्ण पदकका लागि बंगलादेश र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । 

प्रशिक्षक जगदीश भट्टले दबाबमा खेल्दा फाइनल पुग्न असफल भएको बताए । ‘कीर्गिस्तानविरुद्ध पाँच सेट खेलेपछि हामीलाई फाइनल खेल्ने अवसर थियो । तर, बंगलादेशविरुद्ध हामी दबाबमा खेल्यौँ,’ भट्टले भने । ‘अनुभवको कमीले राम्रो गर्न सकेनौँ । अन्तिम दिन कांस्य पदक जित्नका लागि खेल्नेछौँ,’ भट्टले ढाकाबाट भने । 

शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको थियो । भट्टको प्रशिक्षणमा बिहीबार नेपाल आयोजक बंगलादेश र शुक्रबार श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।