मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ११ सोमबार ०६:१२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओली र प्रचण्डलाई देउवाको फोन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ११ सोमबार ०६:१२:००

प्रचण्ड बालुवाटारबाट हिँडेपछि देउवाले ओलीलाई फोनमा भने– ‘पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री हुनुस्, कांग्रेसले लिखित सहमति गरेरै समर्थन गर्छ, धेरै दल मिलाएर सरकार चलाउनुभन्दा एकल सरकार चलाउन सजिलो हुन्छ ।’

ओलीले जवाफ फर्काए– ‘तपाईंको सद्भावका लागि धन्यवाद, अहिले प्रचण्डजी आइसक्नुभएको छ, उहाँको कुरा सुन्छु, अहिलेलाई होइन, तपाईंले अर्कोपटकका लागि गर्नुहोला ।’ 

ओलीको जवाफ सुनिसकेपछि देउवाले प्रचण्डलाई फोन गरेर भने, ‘तपाईंलाई नै पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय भइसक्यो, फर्किनुस्, थप सल्लाह नै नगरी तपाईं हिँड्नुभो ।’

प्रचण्डले जवाफ फर्काए, ‘व्यक्तिगत रूपमा मेरो त्यस्तो केही छैन, मिलेर जाऊँ भन्ने मात्र हो, तपाईंको प्रस्ताव ढिलो आयो, म साथीहरूसँग छु, निचोडमा पुगिसकेकाले आउने सम्भावना छैन ।’