१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आन्तरिक छलफलमा जुट्यो कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:११:oo

नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग छलफलका लागि बालकोट गएपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो।

नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का बैठकका लागि बालुवाटार प्रवेश गरेका छन्। गठबन्धनको बैठकपछि बाहिरिएका सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्र कार्की पनि बालुवाटार आइसकेका छन्।

पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री छाड्न कांग्रेस लचक नभएपछि माओवादी एमालेसहित चार दलसँग ओलीनिवास बालकोटमा वार्तामा छन्।

कांग्रेस र माओवादी दुवैले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान कायमै राखेपछि कांग्रेसले गठबन्धन टुटेको प्रतिक्रिया दिएको छ। सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक हप्ताको समय आज साँझ ५ बजे सकिँदै छ।

ad
ad