मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल तस्बिर
रासस काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको बताए।

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोबाट बच्न  शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानाे लुगा लगाउन, कोठा न्यानो पार्न र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ। शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीले बढी सतर्कता अपनाउनुपर्छ।

यस्तै, आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गराउन र धूम्रपान तथा मध्यपान नगर्न मन्त्रालयको आग्रह छ। शीतलहर तथा चिसोमा मुटु रोग, हृदयघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन्। 

मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संख्यामा सम्पर्क गर्न अनुरोध गर्दै  सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बाली झ्याल–ढोका बन्द गरेर नसुत्नसमेत आग्रह गरेको छ।