१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा पोस्ट कोभिड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:२o:oo

कोभिड–१९ पश्चात् बालबालिकामा हुने फोक्सोको समस्या (पोस्ट कोभिड डिजिज इन चिल्ड्रेन) बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणपश्चात् बालबालिकामा धेरैजस्तो अवस्थामा शरीर सामान्य हुने भए पनि केहीमा भने पछिसम्म समस्या देखिएको छ ।

कोरोना संक्रमणपछि धेरैजसोलाई दुई हप्तामा नै निको हुन्छ । केही बालबालिकामा १२ हप्ताभन्दा लामो समयसम्म पनि समस्या रहन सक्छ । कोरोना संक्रमणपछि लामो समय (१२ हप्ताभन्दा धेरै) देखिने समस्याहरूलाई समग्रमा ‘पोस्ट कोभिड डिजिज इन चिल्ड्रेन’ भनेर बुझिन्छ ।

अध्ययन अनुसन्धानमा विभिन्न नामले यो समस्यालाई बुझेको पनि पाइन्छ । पोस्ट कोभिड सिन्ड्रम, लङ कोभिड–१९ तथा लङ हल कोभिड,  क्रोनिक कोभिड, पोस्ट एक्युट सिकुल अफ सार्स कोभ–२ । वयस्क उमेर समूहका मानिसमा यो समस्या राम्ररी अध्ययन भए तापनि बालबालिकामा यसबारे निकै कम अध्ययन भएको पाइन्छ । तथापि, कतिपय बालबालिकामा कोरोना संक्रमणपछि नयाँ समस्या देखिएको कुरा कतिपय अभिभावकले बताउनुहुन्छ । यो समस्या बालबालिकामा कतिको कमन छ भनेर सोध्नुहुन्छ । विभिन्न अध्ययनअनुसार बालबालिकामा कोरोना संक्रमणपश्चात् लामो समयसम्म खोकी लागेको र सास फुल्ने समस्या देखिएको पाइएको छ । 

 कुन उमेर समूहमा बढी जोखिम ?
उमेर समूह ६–१८ वर्षकालाई कोरोना संक्रमणपछि इन्फेक्सन धेरै देखिएको छ । त्यस्तै, कोरोना संक्रमणपछि अन्य रोग लागेर बिरामी भए पनि धेरै समय अस्पताल बस्नुपरेको अध्यनले देखाएको छ । 

 एलर्जी भएका बच्चामा कस्तो समस्या देखिन्छ ?
एलर्जी भएका बालबालिकामा दमको समस्या, इन्टरस्टिसल लङ डिजिज, स्वाँ–स्वाँ हुने, अक्सिजनको मात्रा कम भइराख्ने, पोस्ट इन्फेक्सन ब्रोन्जिओलिटिस अब्लिटेरन्सलगायत समस्या हुन सक्छ । त्यस्तै, इन्फेक्सनपश्चात् लामो समय घ्यारघ्यार भइराख्ने र स्याँ–स्याँ हुने, दमका लागि प्रयोग हुने औषधिले त्यति काम नगर्ने देखिन्छ । त्यस्तै, स्याँ–स्याँ भइराख्ने र रगत कम हुन सक्छ । केही बिरामीमा खोक्दा रगत पनि आउन सक्छ । कतिपयमा बढी थकान र स्वाँ–स्वाँ भइराख्ने हुन्छ । 

 यदि यस्तो समस्या देखिएमा के–के जाँच गर्ने ? 
बालबालिकामा देखिएका लक्षणका आधारमा विभिन्न जाँच गर्न सकिन्छ । सास भारी हुने, छाती दुख्ने, छिटो थाक्नेजस्ता लक्षण देखिएमा जाँच गर्नुपर्छ । त्यस्तै, लामो समय खोकी भइराखेमा छातीको एक्सरे तथा सिटी स्क्यान गर्नुपर्ने हुन सक्छ । पल्मनरी फङ्सन टेस्ट विथ रिभर्सिबिलिटी पाँच वर्षभन्दा माथिका उमेर समूहका बच्चामा गर्नुपर्ने हुन सक्छ । यसबाहेक समस्याको आधारमा बच्चाहरूमा उपचारको खाँचो पर्दछ । 

ad
ad