मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ यादव सप्तरी
२०७९ पौष ५ मंगलबार १२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा टिपरको ठक्करले किशोरीको मृत्यु, स्थिति तनावपूर्ण

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
२०७९ पौष ५ मंगलबार १२:१७:००

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेकाे छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका– १ मा आज बिहान ना.१क ८५४२ नम्बरको टिपरले सोही स्थानका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादवलाई ठक्कर दिएको थियो।

ठक्करबाट विद्यालय गइरहेकी किशोरीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्।चक्काजामसहित प्रदर्शन बढेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको छ।