Skip This
राजनीतिक स्थिरताप्रति दिल्लीमा चासो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Saturday, 27 July, 2024
पर्शुराम काफ्ले नयाँदिल्ली
२o७९ पौष ४ सोमबार o८:३७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीतिक स्थिरताप्रति दिल्लीमा चासो

Read Time : > 2 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार o८:३७:oo

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालमा चीनको उपस्थिति रहेको यथार्थ आत्मसात् गर्दै भारतले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्ययनरत विद्यार्थीको समूहलाई भारतीय जनता पार्टी मुख्यालयमा शनिबार सम्बोधन गर्दै उनले टीकाटिप्पणी गरेर नेपालमा चीनको प्रभाव नघट्ने बताए ।

चीनको उपस्थिति नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा बढेको भन्दै जयशंकरले परिस्थिति सामना गर्दै भारतले नेपालसँग सम्बन्ध थप सुदृढ बनाउने उल्लेख गरे । भाजपा विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले संयोजन गरेको अन्तरक्रियामा जयशंकरले भारतमा नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेपछि विदेश मामिला सञ्चालनमा धेरै ठूलो परिवर्तन आएको र छिमेक सम्बन्धमा पनि परिवर्तन आएको जिकिर गरे ।

अन्तरक्रियामा सहभागी एकजना विद्यार्थीले भारत र चीनबीच हिमालयमा तनाव रहेको पृष्ठभूमि प्रस्तुत गर्दै खुला सिमाना रहेको छिमेकी नेपालमा चीनको उपस्थिति अहिले बढेको अवस्थालाई भारत सरकारले कसरी सामना गर्छ भनेर प्रश्न सोधेका थिए । जयशंकरले भारतबाट नकारात्मक टिप्पणी गरेर नेपालमा चीनको उपस्थिति कम नहुने भन्दै सरकारले नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने र आफ्नो सामर्थ्य बढाउने जवाफ दिए । 

नेपालसँग सम्बन्ध सुदृढ बनाउँछौँ  :  डा. एस जयशंकर, विदेशमन्त्री, भारत
चीनको प्रभाव नेपालमा मात्र होइन, सबैतिर छ । टीकाटिप्पणी गरेर नेपालमा चीनको प्रभाव घट्दैन । हामीले सम्बन्ध सञ्चालनको क्षमता बढाउनुपर्छ । नेपालसँग सम्बन्ध सुदृढ बनाउँछौँ ।

‘परिवर्तीत परिप्रेक्ष्यमा चीनको उपस्थिति सबैतिर छ, नेपालमा पनि छ । तर हामीले प्रतिक्रिया जनाएर मात्रै नेपालमा चीनको उपस्थिति कम हुँदैन भन्ने बुझ्नुपर्छ,’ अन्तरक्रियामा सहभागी एक विद्यार्थीका अनुसार जयशंकरको जवाफ थियो, ‘नेपाललगायत छिमेकमा चीनको उपस्थिति रहिरहनेछ । यसको अर्थ हामी छैनौँ भन्ने होइन, नेपालसँग हाम्रो सम्बन्ध परम्परागत र ऐतिहासिक रूपमा सुदृढ छ । हामीले नेपालसँग सम्बन्ध सञ्चालनको सामर्थ्यअझै बढाउनुपर्छ । हामी यसमा काम गरिरहेका छौँ ।’ 

जयशंकरले सन् २०१४ पछि भारतको समग्र वैदेशिक सम्बन्ध सञ्चालनमा ठूलो परिवर्तन आएको र छिमेक सम्बन्ध पनि खुला र पारदर्शी भएको बताए । ‘विदेशमन्त्री जयशंकरसँगको अन्तरक्रिया अन्तर्दृष्टिपूर्ण र शिक्षाप्रद थियो । उहाँले सन् २०१४ यता भारतको विदेश नीतिबारे व्याख्या गर्ने क्रममा भारतको छिमेक प्रथम नीति दक्षिण एसियालाई एउटा परिवारका रूपमा व्यवहार गर्ने हिसाबले तयार भएको बताउनुभयो,’ कार्यक्रममा सहभागी एमपिआइडिएसएका नेपाल मामिलाविज्ञ डा. निहार नायकले ट्विटरमा उल्लेख गरेका छन् । जयशंकरले पनि भाजपा मुख्यालमा अन्तरक्रियापछि ट्विट गर्दै विश्वव्यापीकरण र अन्तर्सम्बन्धित विश्वमा भारतको परराष्ट्र नीतिको सान्दर्भिकताबारे छलफल भएको उल्लेख गरेका छन् । 

दिल्लीमा नेपाल चासो : राजनीतिक अस्थिरता 
नेपालको पछिल्लो चुनावी परिणामपछि सम्भावित राजनीतिक अस्थिरता हुनेतर्फ भारतको चासो देखिएको छ । पाँच वर्षमा प्रमुख तीन ठूला दलसँग बढी संवादमा संलग्न भएको भारत पछिल्लो परिणामसँगै नेपालका साना पार्टीहरूसँग उत्तिकै संवाद गर्नुपर्नेमा पुगेको छ । सबै राष्ट्रिय दलहरूसँग संवादमा रहने र नयाँ सरकारसँग सहकार्य गर्ने भारतको प्राथमिकता छ । 

‘नेपालको जनमत हेर्दा राजनीतिक अस्थिरता हुनेतर्फ देखिएको छ । भारतले नेपालको सबै पक्षलाई इन्गेज गर्नुपर्छ र सरकारसँग सहकार्य गर्नुपर्छ,’ पूर्वभारतीय राजदूत रणजित रायले दिल्लीमा आयोजित अन्तरक्रियामा भनेका छन् । नेपाल–भारत सम्बन्धका सरोकारवालाको बुझाइमा सीमावार्ता र इपिजी प्रतिवेदन बुझ्ने विषय अहिले भारत सरकारको प्राथमिकतामा छैन । भारतले राजनीतिक स्थिरताका लागि भूमिका निर्वाह गर्ने र आर्थिक एवं विकासका मुद्दामा सरकारसँग सहकार्य गर्नेछ । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवका पछिल्ला राजनीतिक वार्तालाई त्यही रूपमा यहाँ हेरिएको छ । 

समाजवादी चिन्तक एवं नेपाल–भारत सम्बन्धबारे जानकार सुधीन्द्र भदोरियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीका रूपमा स्वागतका लागि प्रतीक्षारत रहेको बताए । ‘सबैलाई मिलाएर लैजान सक्ने प्रधानमन्त्री देउवाको क्षमतासँग हामी परिचित छौँ । उहाँको नेतृत्वमा नेपालमा लोकतन्त्रको जग थप मजबुत होस् भन्ने चाहन्छौँ । उहाँसहित नेपालका सबै शीर्ष नेतासँग भारतको सम्बन्ध थप सुदृढ हुनेछ भन्ने हाम्रो विश्वास छ,’ भदोरियाले भने ।