१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दर्ताविनै सञ्चालनमा रहेका पृथ्वी राजमार्गका होटेलमा अखाद्य वस्तु बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

पृथ्वी राजमार्गको धादिङ खण्डमा सञ्चालित होटेलहरूले अखाद्य वस्तु बिक्री–वितरण गर्दै आएको पाइएको छ। जिल्ला अनुगमन टोलीको अनुगमनका क्रममा पृथ्वी राजमार्ग र त्रिभुवन राजपथस्थित सञ्चालित होटेलहरूले महँगो शुल्क लिएर अखाद्य वस्तु बिक्री–वितरण गर्ने गरेका पाइएको हो।

कतिपय होटेलहरू त दर्ता नै नगरी सञ्चालन गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा होटेलहरमा म्याद नाघेका खानेकुरा बिक्री गरिरहेको, भान्सा सफा नभएको, गुणस्तरहीन पेय र खाद्य पदार्थसहित अखाद्य वस्तुसमेत बिक्री भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए।

उनका अनुसार यस्ता होटेलहरूलाई नगद जरिवानासहित कारबाही गरिएको छ। राजमार्गका होटेलहरूमा अखाद्य वस्तुलाई महँगोमा बिक्री गरेको जनगुनासो आएपछि अनुगमन थालिएको हो । विगतका अनुगमनमा चेतावनी दिँदासमेत नसुध्रिएपछि अनुगमन कार्यलाई तीव्र बनाएका छौँ। अखाद्य वस्तु बिक्री–वितरण गर्ने केही होटेललाई नगद जरिवाना गर्दै अखाद्य वस्तु नष्ट गरेका हौँ। यो अनुगमन तथा कारबाही निरन्तर चलिरहन्छ,’ थापाले भने।

शनिबार गरिएको अनुगमनमा जुनतारा रेस्टुरेन्ट एन्ड लज र होटेल लुम्बिनीलाई १५ हजार तथा जाल्पा रिसोर्ट एन्ड स्टाफ भोजनालयलाई २० हजार जरिवाना गरिएको थापाले बताए। दर्ताविना नै सञ्चालनमा आइरहेको जाल्पा रिसोर्ट एन्ड स्टाफ भोजनालयलाई एक महिनाभित्रमा दर्ता गर्न निर्देशन पनि गरिएको उनले बताए।