१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बिजुक्छेको आरोप- न्यायालयभित्रबाट राष्ट्रपति बनाउने भारतको षड्यन्त्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका  छन्। 

बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालयभित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहनसमेत आह्वान गरे। 

भक्तपुर नगरपालिकाको ७३औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरूले संघर्ष गर्नुपर्ने बताए। 

उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णयअनुसार हुने गरेको जिकिरसमेत गरे। रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटक-पटक दबाब दिए पनि मन्त्रीहरूले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उनको भनाइ थियो। 

बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबीसमेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरू निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोशसमेत व्यक्त गरे।