मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दोहा
२०७९ पौष २ शनिबार ११:२०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पोर्चुगलका प्रशिक्षक सान्तोस बर्खास्त

Read Time : < 1 मिनेट
दोहा
२०७९ पौष २ शनिबार ११:२०:००

पोर्चुगलको राष्ट्रिय फुटबल महासंघले मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । २२औँ फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो । पोर्चुगलसँग सान्तोसले सन् २०२४ को युरोकपसम्म सम्झौता गरेका थिए । तर, दुई वर्षअघि नै सान्तोसले आफ्नो पद गुमाएका छन् । 

सन् २०१६ मा सान्तोसकै प्रशिक्षणमा पोर्चुगलले पहिलोपटक युरोपियन फुटबल प्रतियोगिता जितेको थियो । फाइनलमा पोर्चुगलले फ्रान्सलाई हराएको थियो । पोर्चुगललाई आठ वर्ष प्रशिक्षण गर्दा उनले पहिलो संस्करणको नेसन्स कप जितेका थिए । कतार विश्वकपमा प्रशिक्षक सान्तोस र कप्तान क्रिस्टियानो रोनाल्डोबीच विवाद भएको थियो । प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध मुख्य खेलाडी रोनाल्डोलाई बेन्च राख्दा सान्तोस विवादमा मुछिएका थिए । 

यद्यपि, उनले जोखिम उठाए पनि स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा पुग्यो । लगातार दोस्रो खेलमा सान्तोसले रोनाल्डोलाई बेन्चमै राखे । क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएसँगै उनको चर्को आलोचना भएको थियो । अन्तर्राष्ट्रिय मिडियाले रोनाल्डोलाई बेन्चमा राख्नु नै सान्तोसले प्रशिक्षक पद गुमाएको जनाएको छ । 

सान्तोसले विश्वकप दौरान रोनाल्डोलाई बाहिर राखिनु गलत निर्णय नभएको दाबी गर्दै आइरहेका छन् । राष्ट्रिय टोलीमा आठ वर्ष काम गरेका सान्तोसलाई महासंघले धन्यवाद दिएको छ । ‘सान्तोस र उनको प्राविधिक टोलीले पोर्चुगललाई आठ वर्षभित्र सफलता दिलाएको छ, यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ,’ महासंघको विज्ञप्तिमा भनिएको छ । अब महासंघले नयाँ मुख्य प्रशिक्षक चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ ।