१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १ शुक्रबार १५:५९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत पुग्दा पुँजीगत खर्च नौ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार १५:५९:oo

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशतबराबर देखिएको छ।

चालू आवका लागि सरकारले कुल रु. १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखबराबरको बजेट ल्याएको थियो। जसमध्ये मंसिर मसान्तसम्ममा रु. चार खर्ब ३५ अर्ब २१ करोड ११ लाखबराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशतबराबर मात्रै देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्ममा संघीय सरकारको पुँजीगत खर्च रु. ३३ अर्ब ९९ करोड १६ लाखबराबर छ। 

चालू आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा रु. तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाखबजाबर बजेट छुट्याएको छ। हालसम्मको पुँजीगत खर्च आठ दशमलव ९४ प्रतिशतबराबर हो।
 
त्यस्तै, चालू शीर्षकमा विनियोजित कुल रु. ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ। जुन रु. तीन खर्ब ५४ अर्ब २५ करोड ६९ लाखबराबर हो। 

वित्तीय व्यवस्थापनतर्फ रु. दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मंसिर मसान्तसम्ममा रु. ४६ अर्ब ९६ करोड २६ लाखबराबर खर्च भएको छ। 

जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव चार प्रतिशतबराबर हो। यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ।
 
यही अवधिमा सरकारको राजस्व संकलन २४ दशमलव ५२ प्रतिशतबराबर छ। चालू आर्थिक वर्षका लागि कुल रु. १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने र रु. ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य  छ। 

हालसम्म आन्तरिक राजस्व संकलन रु. तीन खर्ब २६ अर्ब ८९ करोड अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव तीन प्रतिशतबराबर छ। साथै, यस अवधिमा सरकारले रु. तीन अर्ब ४१ करोड ५९ लाख अर्थात् वार्षिक लक्ष्यको ६ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ।