१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:३३:oo

सर्लाहीको ब्रह्मपुरीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। 

बिहीबार दिउँसो ब्रह्मपुरी गाउँपालिका–३, स्थित हुलाकी सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुषको ज्यान गएको हो।

पर्साबाट मलंगवातर्फ आउँदै गरेको ज २ त ५२७ नम्बरको ट्रयाक्टरको ठक्करबाट विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० भी १६७३ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको इटहरवाकट्टी–७, बस्ने ५७ वर्षका सुरेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा परी गम्भीर घाइते भएका मण्डलको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा सोही मोटरसाइलमा सवार सर्लाहीको रामनगर गाउँपालिका–४, बस्ने ३१ वर्षका संजय मण्डल गम्भीर घाइते भएका छन्। उनको प्रदेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। 

मृतक सुरेन्द्रको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ। घटनालगत्तै फरार भएका ट्रयाक्टरचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए।
 

ad
ad