१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबारबाट लागू हुने गरी राजीनामा दिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिविया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको जनाएको छ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए।

प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिवियमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग– २ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो। यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन– २ को शीर्ष तालिकाको तीनभित्र रहन कठिन भएको छ।

नेपालले नामिबियासँग एक र स्कटल्यान्डसँग दुई हार व्यहोरेको थियो भने एउटा नामिवियासँगको खेल वर्षाका कारण रद्द भएको थियो। सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो।

सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ। शीर्ष स्थानको स्कटल्यान्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ। त्यस्तै, तेस्रो स्थानको नामिवियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अंक छ। सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा पाँच अंक छ।

प्रभावकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याविरुद्धको ट्वान्टी–२० र एक दिवसीय शृंखला जितेको थियो। त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईविरुद्धको एक दिवसीय शृंखला पनि नेपालले जितेको थियो। यस्तै, पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धसमेत बिग्रिएको थियो। जसको कारण प्रभाकरको राजीनामा आएको कतिपयले अनुमान लगाएका छन् ।