मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २९ बिहीबार १६:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगातार तेस्रो दिन सेयर बजार राताम्मे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १६:३९:oo

लगातार तेस्रो दिन सेयर बजार राताम्मे भएकाे छ। आज बिहीबार पनि सेयर बजार परिसूचक नेप्से १४ दशमलव ४८ अंकले घटेर एक हजार आठ सय ८२ दशमलव ६० बिन्दुमा झरेको छ।  

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि बिमा, विकास बैंक र लघुवित्त समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। दुई सय ५४ वटा कम्पनीका ४८ लाख चार हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

सबैभन्दा धेरै एनसिसी बैंकको प्रमोटर सेयर २२ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ भने आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ।समग्रमा बजार घटे पनि रुरु जलविद्युत् परियोजना र इस्टर्न हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ।