१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पुसमा तरलता अभाव झनै बढ्छ : गभर्नर अधिकारी [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। 

उनले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताए। उनले तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्नेबारे राष्ट्र बैंक लागिपरेको बताए। 
 
गभर्नर अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब बजरमा पठाएको जानकारी गराए। उनले पछिल्ला केही दिनहरूमा रेमिट्यान्समा राम्रो भएकाले अहिले बजारमा तरलताको अभाव कम भएको बताए। तरलताको अभावलाई अझ सहज बनाउन बजारमा मनी रिसाइक्लिङको आवश्यकता हुने उनले बताए। 

बैंकबाट लगेको ऋण केही न केही कोषमा तिरेको खण्डमा भने बजारमा तरलताको अभाव कम हुने उनको तर्क थियो। गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताए।
 
चेम्बर्स वरिष्ठ उपाध्यक्ष  कमलेसकुमार अग्रवालले निजी क्षेत्रलाई परेको समस्या भनेको तरलता र उच्च ब्याजदरको रहेको बताए। पुसपछि यही अवस्था रहे सञ्चारमाध्यममा सम्पती लिलामीकै कुराहरू आउने र व्यवसाय बन्द गरेर आन्दोलनमा जानुपर्ने अवस्था आउने उनले बताए।