मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
कमल खत्री म्याग्दी
Invalid date format १o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा घुम्ती शिविरबाट व्यवसाय दर्ता 

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १o:४४:oo

म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनामा आयोजित दुईदिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यावसायिक फर्महरू दर्ता भएका छन् । धवलागिरि गाउँपालिका र उद्योग वाणिज्य संघ धवलागिरि इकाइ समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलबार गरी दुई दिनसम्म सञ्चालन गरेको शिविरमा उद्योगतर्फ कृषि र होटेल गरी पाँचवटा र वाणिज्यतर्फ किराना पसल र फेन्सी गरी १० वटा फर्म दर्ता भएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुंगानाले जानकारी दिए । 

कार्यालय प्रमुख पोषनाथ शर्मा, कम्प्युटर सहायक ढुंगाना र सहयोगी कर्मचारी भीमकुमारी छन्त्याललगायतको टोलीले शिविरमा व्यवसाय दर्ता सेवा प्रदान गरेका थिए । कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा पहिलोपटक शिविरमार्फत व्यवसाय दर्ताको सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शर्माले बताए । 

प्रमुख शर्माले भने, ‘राज्यको करको प्रणालीमा आबद्ध नभईकन व्यापार–व्यवसाय गरेकाहरूलाई दायराभित्र ल्याउनु नै शिविरको प्रमुख उद्देश्य हो, अर्कोतर्फ राज्यको आधिकारिक निकायमा दर्ता नभईकन व्यापार–व्यवसाय गरिरहनुपर्ने बाध्यता पनि हटाउन शिविरले भूमिका खेलेको छ ।’ 

शिविरले स्थानीयस्तरमा सञ्चालित साना पसल र फर्महरूलाई सदरमुकाम पुगेर दर्ता गर्नुपर्ने झन्झट हटेको र समय र खर्चको समेत बचत गराएको म्याग्दी उद्योग वाणिज्य संघ, धवलागिरि इकाइका अध्यक्ष तेजेन्द्र थापाले बताए ।