Skip This
पर्साबाट ३६३ केजी गाँजा बरामद
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २७ मंगलबार
  • Monday, 10 August, 2026
तिवारी यादव वीरगन्ज
२o७९ मङ्सिर २७ मंगलबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्साबाट ३६३ केजी गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २७ मंगलबार १३:४४:oo

प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ। सोमबार राति ठोरी गाउँपालिका– ३ स्थित ठुटेखोलानजिकैबाट प्रहरीले तीन क्विन्टल ६३ केजी गाँजासहितको मिनीट्रक नियन्त्रणमा लिएको हो।

मकवानपुरको हेटौँडाबाट गाँजा बोकेर ठोरी जाँँदै गरेको ना.४ख ६५५५ नम्बरको ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल आउट पोस्ट ठोरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले ट्रक चेकजाँच गर्दा ट्रकमा पल्स बटन बनाएर २२ वटा कार्टुनमा राखिएको गाँजा बरामद भएको हो।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।